काठमाडौं। नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार राति अस्ट्रेलियाका ५६ वर्षीय ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो। स्टुअर्ट यसअघि अमेरिकाका मुख्य प्रशिक्षक थिए।
क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो। देसाइको दुई वर्षे सम्झौता माघ महिनामा सकिएको थियो। उनले देसाइको स्थान लिनेछन्।
गत फागुन ३ गते सूचना निकाल्दै क्यानले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको हो। क्यानले इसिबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता तथा पाँच वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको थियो।
यस्तै, एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार भएको व्यक्ति हुनुपर्ने उल्लेख थियो। आवेदन दिने अन्तिम मिति फेब्रुअरी २८ सम्म तोकिएको थियो। उक्त समयसिमा भित्र ७० जनाको आवेदन परेको क्यानले जनाएको छ।
जसमध्ये १० जनाको सर्टलिस्ट गरेर अन्तर्वार्ता लिँदा स्टुअर्ट फाइनलमा भएका हुन्।