हैदरावादले लखनउलाई दियो १९१ रनको लक्ष्य
बिहिबार, चैत १३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
राजीव गान्धी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १९० रन बनाएको हो।
हैदरावादका ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए। २८ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे।
अंकत बर्माले १३ बलमा पाँच छक्कासहित ३६ रन बनाए। नितिशकुमार रेड्डी ३२ र हेनरिक क्लासन २६ र प्याट कमिन्स १८ रनमा आउट हुँदा हर्षल पटेल १२ रनमा अविजित रहे। अन्यको ब्याट चल्न सकेन।
लखनउका सर्दूल ठाकुरले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)