लगातार सुदूरपश्चिमको विकेट पतन

काठमाडौं। पहिलो पावर प्लेमा संयमित ब्याटिङ देखाएको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सविरुद्ध लगातार विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिलकुमार साहले टस जित्दै पहिला फिल्डिङ रोजेका थिए। बिहानीको कन्डिसनमा ब्याटिङ गर्न गाह्रो भए पनि सुदूरपश्चिमले पहिलो पावर प्लेमा कुनै विकेट नगुमाई ४२ रन बनाएको थियो। तर, आठौं ओभरको चौथो बलदेखि भने सुदूरपश्चिमलको विकेट पतन सुरु भयो।
ओपनर साद बिन जाफर क्यानेडाली बलर हर्ष ठाकरको बलमा अरनिको यादवबाट क्याच आउट भए। २१ बल खेलेका उनले दुई छक्कासहित २१ रन प्रहार गरे। अर्को ओभरको चौथो बलमा यही खेलमा डेब्यु गरेका हर्मीत सिंह पनि शेर मल्लबाट एक रनमा बोल्ड भए।
१२औं ओभरको चौथो बलमा अर्का ओपन। विनोद भण्डारी पनि पभिलियन फर्किए। ३७ बल खेलेका उनले तीन चौका र एक छक्कासहित ३३ रन बनाए। उनको विकेट पनि मल्लले लिएका हुन्। अर्को ओभरको तेस्रो बलमा दिपेन्द्रसिंह ऐरी पनि शून्य रनमा आउट भएपछि सुदूरपश्चिम खेलमा कमजोर अवस्थामा पुगेका छन्।












-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)