जनकपुर र सुदूरपश्चिम भिड्दै
बुधबार, मंसिर २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार बिहान जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सुदूरपश्चिमबीचको खेलले शीर्ष स्थानको लडाइँको निर्णय गर्नेछ।
त्रिवि मैदानमा यी दुई टोलीको खेल हेर्न समर्थकहरूको बाक्लो उपस्थिति हुने अपेक्षा गरिएको छ। खेलाडीको हरेक प्रदर्शनमा समर्थकहरूको उत्साहले माहोल तताउने निश्चित छ। जनकपुर अहिलेसम्म अपराजित रहँदै चार खेलमा आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने सुदूरपश्चिम ६ अंकसहित दोस्रो स्थानमा छ। यदि सुदूरपश्चिमले जनकपुरलाई हरायो भने नेट रनरेटका आधारमा शीर्ष स्थानमा पुग्नेछ।












-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)