महान पूर्वक्रिकेटर ब्रायन लारा नेपाल आउने
मंगलबार, मंसिर २५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। वेस्ट इन्डिजका पूर्वकप्तान एवम् महान पूर्वक्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मंगलबार सामाजिक सञ्जालमार्फत नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकन गर्न ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लारा नेपाल आउन लागेको जानकारी दिएका हुन्। तर, उनी कहिले आउने हुन भन्नेबारे खड्काले खुलाएका छैनन्।
गतवर्ष नेपाली क्रिकेट टोली आइसिसी टी-२० विश्वकपमा छनोट हुँदा बधाई दिँदै उनले आफू नेपाल आउन इच्छुक रहेको बताएका थिए। एनपिएलमा लिग चरणमा २८ खेल हुनेछन्। तीमध्ये मंगलबारसम्म १७ खेल सकिइसकेको छ। अब प्लेअफ र फाइनलसमेत गरेर १५ खेल बाँकी छ। यही खेलको बीचमा लारालाई नेपाल ल्याउने तयारी गरिएको बुझिन्छ।












-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)