गुल्शन सानदार ब्याटिङसँगै कर्णालीको लगातार तेस्रो जित

काठमाडौं। गुल्शनकुमार झा र चाड्विक वाल्टनको सानदार ब्याटिङसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ। मंगलबार भएको खेलमा कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो।
पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाउँदै १०६ रन बनाएको हो।
जितसँगै कर्णालीले पाँच खेलबाट ६ अंक पुर्याएको छ। कर्णालीले जनकपुर बोल्ड्ससँग आठ र काठमाडौं गुर्खाजसँग तीन विकेटको हार बेहोरेको थियो। तर, तेस्रो खेलमा चितवन राइनजलाई ६ विकेटले पराजित गर्दै कर्णाली प्रतियोगितामा पनुरागमन गर्न सफल भयो। त्यसयता कर्णालीले हारको स्वाद चाख्न पाएको छैन। कर्णालीले चौथो खेलमा विराटनगर किङ्सलाई सात रनले हराएको थियो।
पोखराको भने यो तेस्रो हार हो। पोखरा चितवनसँग ८७ रन र जनकपुरसँग सात विकेटले पराजित भएको थियो। तर, तेस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सानदार पुनरागमन गरेको थियो। त्यो जितको लयलाई पोखराले कायम राख्न सकेन।
कर्णालीका गुल्शनले अविजित रहँदै ४९ रनको इनिङ्स खेले। ढिला सुरुआत गरेका उनले ३७ बलमा तीन चौका र चार छक्का प्रहार गरेका हुन्। वाल्टनले ३४ बलमा ६ चौका र एक छक्कासहित ४२ रन बनाए। अन्यको ब्याटिङ भने चल्न सकेन।
पोखराका विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलको नाममा एक विकेट रह्यो।












-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)