रोहित भन्छन्,‘आजको खेलमा बुमराह मै हुँ’

काठमाडौं। कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो जितविहीन यात्रा पाँचौं खेलमा पुगेर अन्त्य गरेको छ।
यसअघिका खेलहरुमा खासगरी फितलो बलिङ गरेको लुम्बिनीलाई मंगलबार सुधार गर्दै चितवन राइनोजमाथि ३३ रनको सानदार जित हासिल गर्यो। यसक्रममा कप्तानले ब्याटिङमा ८० र बलिङमा सर्वाधिक चार विकेट लिए।
खेलपछि उनलाई सोधिएको थियो- बलिङमा लुम्बिनीले राम्रो प्रदर्शन गर्न बुमराह चाहिन्छ भन्नुभएको थियो। बुमराह बिना नै जितियो नि? उनले हाँस्दै जवाफ दिए,‘आजको खेलमा बुमराह मै हुँ (हाँस्दै)।’
रोहितले तेस्रो नम्बरमा आएका सोहेल तनवीरलाई एक, रवी बोपारालाज्ञ १३, जान निकोल लोफ्टी इटन ६ र विपिन रावललाई पाँच रनमा आउट बनाएका थिए।लुम्बिनीले यसअघिका चार खेलमा ठूला योगफल बनाएर पनि जित निकाल्न सकेको थिएन।
लुम्बिनीले पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध १९१ रनको ठूला योगफल बनाएर पनि हार बेहोरेको थियो। दोस्रो खेलमा पनि लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध १७० बनायो। तर, १० विकेटको नतिजा सुम्पियो। पछिल्लो खेलमा जनकपुर बोल्ड्सविरुद्ध १३७ रनको सामान्य लक्ष्य पछ्याउँदा एक रनले पराजित भएको लुम्बिनीले पाँचौं खेलमा सुधारको आशा राखेको थियो।
लगातार चार खेल हारेको लुम्बिनीलाई प्लेअफ सम्भावना जीवित्तै राख्न चितवनविरुद्धको खेल जित्नै पर्ने दबाब थियो। यो खेल हारेको भए लुम्बिनीको प्लेअफ खेल्ने सम्भावना समाप्त हुने समीकरण थियो। तर, १६८ रनको लक्ष्य पछ्याएको चितवनको निर्धारित २० ओभरमा आठ विकेट लिएर १३८ रनमै रोक्दै लुम्बिनीले प्रतियोगितामा पुनरागमन गर्ने संकेत देखाएको हो। त्यसैले रोहित अझै आफ्नो टोलीका लागि प्रतियोगिता नसक्किएको बताउँछन्।
‘बाँकी दुई खेल जित्यौं र अरु टोलीको नजिता हाम्रो पक्षमा आयो भने हामी प्लेअफमा पुग्न सक्ने अझै चान्स छ। हामी आफ्नो काम गरौं, बाँकी भगवानको हातमा छाडौं,’ उनले भने।












-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)