बोसिस्टोको चमत्कारी बलिङ
मंगलबार, मंसिर २५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। दायाँ हाते स्पिनर विलियम बोसिस्टोले चमत्कारी बलिङ प्रदर्शन गरेसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले १६.३ मा सबै विकेट गुमाउँदै १०३ बनाएको हो। अस्ट्रेलिया पूर्वखेलाडी विलियमका अगाडी पोखराका ब्याटर टिक्न सकेनन्।
उनले आन्द्रियस गौसलाई २५, कुशललाई १०, म्याट क्रिस्च्लेलाई शून्य, दिलिप नाथलाई तीन, माइकल लिस्कलाई दुई, नारायण जोशीलाई एक रन र रेमन रेफरलाई २० रनमा पभिलियन फर्काए। विलियम एनपिएलमा एकै इनिङ्समा ६ विकेट लिने पहिलो खेलाडी हुन्। यसअघि सोहेल तनवीर, हर्ष ठाकर, नरेन साउदीले एकै इनिङ्समा पाँच विकेट लिएका थिए।
पोखराको बाँकी तीन विकेट भने सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले झारे।












-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)