बुटवल। पाँच किलोमिटरको खुला मिनी दौड प्रतियोगिता धनु मानन्धर र सरिताकुमारी बस्नेतले जितेका छन्।
नेपाली कांग्रेस रुपन्देहीले एक सय ११ औं विपि जयन्तीको अवसरमा सोमबार बिहान आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ धनु र महिलातर्फ सरिता प्रथम भएका हुन्।
गौतमबुद्ध विमान स्थलबाट सुरु हुने दौड बुद्ध चौक, नारायण स्थान, प्रहरी टोली हुँदै पवन मिष्ठानमा पुगेर दौड समाप्त भएको थियो। निर्धारित दूरी पार गर्न धनुलाई १५ मिनेट ५२ सेकेन्ड ल्याग्यो। यस्तै, दोस्रो भएका उमेश बरईले उक्त दूरी ज्ञट मिनेट चार सेकेन्डमा पार गरे। उनीभन्दा २१ सेकेन्डले पछि रहेका अजय पाण्डे तेस्रो भए।
महिलातर्फ विभागीय टोलीकी सरिताले निर्धारित दूरी २१ मिनेट २९ सेकन्डमा पार गरिन्। दोस्रो भएकी कुसुम ठगुन्ना भने उनीभन्दा केहीपछि फिनिसिङ लाइनमा पुगेकी थिइन्। २१ मिनेट ४४ सेकेन्ड लगाएकी विपना केसी भने तेस्रो भइन्।
विजेताले १० हजार, दोस्रोले ५ हजार, तेस्रोले ३ हजार र सान्त्वनाले १ हजार ५ सय रुपैयाँ प्राप्त गरे।