बुटवल । १ सय ११ औं विपि जयन्तीको अवसरमा रुपन्देहीमा भोलि सोमबार दौड प्रतियोगिता हुने भएको छ ।
नेपाली कांग्रेस रुपन्देहीले विपि जयन्तीका अवसरमा ५ किलोमिटरको खुल्ला मिनी दौड प्रतियोगिता गर्न लागेको हो ।
गौतमबुद्ध विमान स्थलबाट सुरु हुने दौड बुद्ध चौक, नारायण स्थान, प्रहरी टोली हुँदै पवन मिष्ठानमा पुगेर समापन हुनेछ ।
दौड बिहान ६ बजेर ३० मिनेटमा सुरु हुने रुपन्देही कांग्रेसले जनाएको छ ।
खुल्लातर्फको महिला÷पुरुष विजेताले नगद १० हजार, दोस्रोले ५ हजार, तेस्रोले ३ हजार र सान्त्वनाले १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।