पोखरा। पोखरामा जारी यु– १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिताको छात्रातर्फको पहिलो चरणको खेलमा बागमती विजयी भएको छ। बागमतीले कोसीलाई ३ अंकले जितेको हो।
छात्रा तर्फकै अर्को खेलमा लुम्बिनीले जित्यो। लुम्बिनीले मधेस प्रदेशलाई सोझो सेटमा ४ अंक ल्याई विजयी भएको हो। त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिम बिच भएको खेलमा सुदूरपश्चिमले सोझो सेटमा जित निकाल्दै विजयी हासिल गरेको हो।
पहिलो सेटमा कर्णालीले बाइ पाएको थियो। हिजो नै सम्पन्न भएको छात्रा तर्फको दोस्रो चरणको खेलमा गण्डकी,लुम्बिनी र बागमती विजयी भयो। सुदूरपश्चिम प्रदेशले बाइ पाएको थियो।
बुधबार नै भएको छात्रातर्फको तेस्रो राउन्डमा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेश विजयी भए। बागमती प्रदेशले बाइ पायो। यस्तै बुधबारनै सम्पन्न भएको छात्रतर्फ खेलमा बागमती प्रदेश विजयी भएको छ। बागमतीले कोसी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो। अर्को खेलमा लुम्बिनी प्रदेशले जित हासिल गर्यो।
लुम्बिनीले मधेस प्रदेशलाई सोझो सेटमा ४ अंकले पराजित गर्दै विजयी भएको हो। त्यस्तै अर्को खेलमा सुदूरपश्चिम विजयी भयो। उसले गण्डकी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो। उक्त राउन्डमा कर्णालीले बाइ पायो।
बुधबार नै सम्पन्न भएको दोस्रो चरणको खेलमा गण्डकी, लुम्बिनी, बागमती विजयी भयो। उक्त राउन्डमा मधेस प्रदेशले बाइ पायो।
तेस्रो राउन्डमा लुम्बिनी प्रदेश विजयी भयो। उसले कर्णाली प्रदेशलाई ३ अंकले पराजित गर्दै जित हासिल गरेको हो। गण्डकी प्रदेशलाई कोसी प्रदेशले ३ अंकले पराजित गर्दै विजयी भयो। त्यस्तै अर्को खेलमा सुदूरपश्चिमले सोझो सेटमा मधेस प्रदेशलाई पराजित गर्यो । बागमती प्रदेशले बाई पायो।
आज प्रतियोगिता अन्तर्गतको बुद्धिचालमा तीन चरणका खेलहरू जारी रहेका छन्।