आरिफ चलेसँगै आयरल्यान्डलाई २१४ रनको लक्ष्य
सोमबार, १९ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल 'ए' ले तीन टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा आयरल्यान्ड उल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको हो।
नेपालका आरिफ शेखले अविजित रहँदै सर्वाधिक ९३ रन बनाए। ४८ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे।
राशिद खान २४, बसिर अहमद १९, पवन सर्राफ १३ र विनोद भण्डारी ११ रनमा आउट हुँदा कमलसिंह ऐरी १९ रनमा अविजित रहे।
आयरल्यान्डका फिओन ह्यान्डले सर्वाधिक ३ विकेट लिए।
लियाम म्याकार्थी र ग्यारेथ डेलानी, म्याथ्यू फोस्टर र गेभिन होईले १/१ विकेट लिए।









-1765707019177.jpeg&w=3840&q=75)



