नेपाललाई गुजरातले दियो ९९ रनको लक्ष्य
आइतबार, १८ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। गुजरात क्रिकेट एसोसिएसनले एसएमएस फ्रेन्डसिप कपमा नेपाललाई ९९ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनाएको हो।
गुजरातका रुद्र मयुर पटेलले सर्वाधिक २३ रन बनाए। २२ बल खेलेका उनले ४ चौका प्रहार गरे।
हेमाङ पटेल २०, सरल प्रजापति १७, अभिषेक देसाईं ११ र स्मित पटेल १० रनमा आउट भए। गुजरातका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन।
नेपालका गुल्शनकुमार झाले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए।
करण केसीले ३ विकेट लिँदा सोमपाल कामीको नाममा १ विकेट रह्यो।











-1765707019177.jpeg&w=3840&q=75)

