आरसीबी भर्सेस केआर : रोमाञ्चक र उच्च स्कोरिङको अपेक्षा

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर)बीच शुक्रबार बेंगलुरुमा हुने खेल रोमाञ्चक र उच्च स्कोरिङ हुने अपेक्षा गरिएको छ। दुवै टोलीसँग विस्फोटक ब्याट्सम्यान छन्। जसले एक्लै खेलको दिशा बदल्न सक्छ।
तर,बेंगलुरुले विगत ८ वर्षदेखि घरेलु घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा कोलकाताविरुद्ध जित हासिल गर्न सकेको छैन। पछिल्लो पटक सन् २०१५ मा यी दुई टोलीबिच भेट भएको थियो। त्यसयता ५ खेल भइसकेका छन्। तर, सबै खेलमा कोलकाता विजयी भएको छ।
आईपीएलको इतिहासमा बैंगलोर र कोलकाताबीच अहिलेसम्म ३२ खेल खेलिएका छन्। जसमा बैंगलोरले १४ र कोलकाताले १८ खेल जितेका छन्। बेंगलुरुको घरेलु मैदानमा यी दुई टोलीबीच अहिलेसम्म ११ वटा खेल भइसकेका छन्। ती ११ मध्ये बेंगलुरुले ६ र कोलकाताले ७ खेलमा जित हासिल गरेका छन्।
विराट कोहली आईपीएलको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। साझेदारी गर्न सक्ने क्षमताले पनि उनलाई आईपीएलमा अन्य खेलाडीभन्दा फरक बनाएको छ। कोहलीले ७ पटक आईपीएलमा १५० या सोभन्दा बढी साझेदारी गरेका छन्।
१५० रनको साझेदारी गर्नु जितको ग्यारेन्टी हो। ३३ पटक १५० भन्दा बढीको साझेदारी भएकोमा टोलीले एउटा खेल मात्रै हारेको छ। यी मध्ये ४ साझेदारी एबी डिभिलियर्स र कोहलीबीच भएको छ।
कोहली पछिल्लो दुई खेलमा ९८ रन बनाएर टोलीको सर्वाधिक रन बनाउने खेलाडी हुन्। यस अवधिमा उनले अर्धशतक पनि बनाएका छन्।
पछिल्लो खेलमा बेंगलुरुका शीर्ष ६ ब्याट्सम्यान सबै दायाँ हाते थिए। सुयश शर्माबाहेक कोलकाताको बाँकीको बलिङ आक्रामक छ। उनीहरूको इकोनोमी दायाँ हाते ब्याट्सम्यानविरुद्ध राम्रो छ। आन्द्रे रसेलको ८.९, मिचेल स्टार्कको ७.३, हर्षित राना ८.४, सुनिल नारायणको ६.५, वरुण चक्रवर्तीको ७.५ को इकोनोमीले दायाँ हाते ब्याट्सम्यानविरुद्ध कस्तो प्रदर्शन गरेका छन्, त्यो देखाउँछ।











-1765707019177.jpeg&w=3840&q=75)

