दिल्लीलाई १८६ रनको लक्ष्य
बिहिबार, १५ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। रियान परागको आक्रमक ब्याटिङसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) दिल्ली क्यापिटल्सलाई १८६ रनको लक्ष्य दिएको छ।
जयपुरमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट १८५ गुमाएर रन बनायो। राजस्थानका रियानले सर्वाधिक ८४ रन बनाए। ४५ बलको सामना गरेका रियानले ७ चौका र ६ छक्का प्रहार गरे।











-1765707019177.jpeg&w=3840&q=75)

