आयरल्यान्ड वुल्भ्सले गुमायो दुवै ओपनर
मंगलबार, १३ चैत्र २०८०खेलपाटी संवाददाता

काठमाडौँ। आयरल्यान्ड वुल्भ्सले दुवै ओपनर गुमाएको छ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्डले स्टीफन डोहेनीलाई २६ रनमा गुमायो। १३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनी सोमपाल कामीको बलमा रोहितकुमार पौडेलबाट क्याच आउट भए।
छैटौँ ओभरको दोस्रो बलमा अर्का ओपनर रोस अडायर १९ बलमा ३ चौकासहित १७ रन बनाउँदै पेभिलियन फर्किए।
उनको विकेट कुशल मल्लले लिएका हुन्। उनलाई गुल्शनकुमार झाले क्याच आउट गरेका थिए।









-1765707019177.jpeg&w=3840&q=75)



