काठमाडौं । नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
बायोमास ओभल मैदानमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो ।
नेपालले आज ओपनर विन्दु रावलको स्थानमा अप्सरी बेगमलाई मौका दिएको छ ।
चार देश सम्मिलित सिरिजमा नेपाल पहिलो र हङकङ दोस्रो भएर फाइनल प्रवेश गरेका हुन् ।
लिग चरणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।
शनिबार नै भएको तेस्रो स्थानको लागि कुवेतलाई पराजित गरि घरेलु टोली विजयी भएको थियो ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल