काठमाडौं । हिमालय र न्यु भिजन एकेडेमीले तेश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । हिमालय ब्वाइज तथा न्यु भिजन गल्र्समा च्याम्पियन बनेका हुन् ।
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा हिमालयले डिफेन्डिङ च्याम्पियन ग्रामर पब्लिक स्कुललाई ५२–४८ ले पराजित गर्यो । हिमालयको जितमा प्रणव श्रेष्ठले २६ अंक योगदान गरे ।
कोटेश्वरस्थित ग्रामरको कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा रोजी थापाको ११ अंक सहयोगमा साविक विजेता न्यु भिजनले ग्रामरलाई नै २६–२२ ले हराउदै उपाधि रक्षा ग¥यो । ब्वाइजमा स्वर्णिम तारा विद्या सदन तथा गल्र्समा हिमालयले तेश्रो स्थानमा चित्त बुझाए ।
ब्वाइजमा हिमालयका जोन सुनुवार तथा गल्र्समा न्यु भिजनकी रोजी थापा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा स्वर्णिमका विशाल लामा तथा गल्र्समा ग्रामरकी सम्पन्न राई उदीयमान खेलाडी घोषित भए । ब्वाइजमा विश्वास राई तथा गल्र्समा सुविता सुवेदी सर्वाधिक स्कोरकर्ता बने । दुवै ग्रामरका हुन् । प्रतियोगिताभर विश्वासले ६५ तथा सुविताले ३८ अंक जोडे ।
विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान, ग्रामरका चेयरम्यान एवं फिजमका संरक्षक जयकुमार राई, फिजमका उपाध्यक्ष अमृतकुमार खड्का, फिजमका सह–सचिव एवं प्रतियोगिता संयोजक सुनील केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
साताव्यापी प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।