सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओमानलाई हराउदै जिम्बावे विश्वकप नजिक 

बिहिबार, १४ असार २०८०खेलपाटी संवाददाता
ओमानलाई हराउदै जिम्बावे विश्वकप नजिक 
Loading ad...
mustang rice ad

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा सेन विलियम्सको शतकको सहयोगमा घरेलु टोलीले विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । 

क्विन्स स्पोर्टस् क्लबको मैदानमा भएको सुपर सिक्सको पहिलो खेलमा जिम्बावेले ओमानलाई १४ रनले पराजित गरेको हो । 

जिम्बावेले दिएको ३ सय ३३ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १८ रन मात्र बनायो । 

May be an image of 5 people and text

ओमानका लागि ओपनर कश्यप प्रजापतीले ९७ बलमा १२ चौका र १ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । ओडिआई करियरको दोस्रो शतक प्रजापतीले ९३ बलमा पूरा गरे । 

ओमानले २९ रनमा नै पहिलो विकेट गुमाएको थियो । तर, दोस्रो विकेटका लागि प्रजापती र अकिव ईलियासले ९९ बलमा ८३ रनको महत्वपूर्ण साझेदारी गरे । ईलियास ६१ बलमा ५ चौकाको सहयोगमा ४५ रन बनाउँदै सिकन्दर राजाको बलमा आउट भए । 

३० औं ओभरको तेस्रो बलमा कप्तान जिशान मकशुद २३ रन बनाउँदै रिटायर्ट हर्ड आउट भएका थिए । आयान खानले ४३ बलमा ५ चौकाको सहयोगमा ४७ रनको ईनिङ खेले । 

मोहम्मद नदिम १८ बलमा ३० रन बनाएर अविजित रहे । 

जिम्बावेका लागि ब्लेसिङ मुजरवानी र टेन्डि चतराले समान ३/३ तथा रिचार्ड नगर्भाले २ विकेट लिए । सिकन्दर राजाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३२ रन बनाएको थियो । 

जिम्बावेका लागि सेन विलियम्सले १ सय ३ बलमा १४ चौका र ३ छक्काको सहयोगमा १ सय ४२ रनको शतकीय ईनिङ खेले । ओडिआई करियरको आठौं शतक विलियम्सले ८१ बलमा पूरा गरेका थिए । यस प्रतियोगितामा पाँचौं खेल खेल्दै गरेका विलियम्सको यो तेस्रो शतक हो । 

Sean Williams1688036785.jpg

कप्तान क्रिग इर्भान र गुम्बिले पहिलो विकेटका लागि ४६ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । इर्भानले ४० बलमा २५ रन बनाए । ओपनर गुम्बिले ३४ बलमा २१ रन बनाए ।

चौथो विकेटका लागि विलियम्स र सिकन्दर राजाले ९४ बलमा १ सय २ रनको उत्कृष्ट साझेदारी गरे । राजाले ४९ बलमा ६ चौकाको सहयोगमा ४२ रन बनाए ।

ल्यूक जोन्गवेले २८ बलमा ४ चौकाको सहयोगमा अविजित ४३ रन बनाए । रिचार्ड नगर्भाले ४ बलमा अविजित ११ रन बनाउँदा रायन बर्लले १२ बलमा १३ रन बनाए । 

ओमानको लागि फैयज बटले ४ तथा कप्तान जिशान मकशुद,बिलाल खान र कलिमुल्लाहले समान १/१ विकेट लिए ।

सुपर सिक्सको पहिलो खेलमा जित निकालेको जिम्बावे शीर्ष स्थानमा रहेको छ । समूह चरणबाट ल्याएको ४ अतिरिक्त अंक सहित जिम्बावे शीर्ष स्थानमा रहेको छ । 

पराजित ओमान अंक बिहिन रहँदै पुछारमा रहेको छ । ओमानको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।
 

Loading ad...
LiNing Ad
#

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन