काठमाडौं । नेपाल सुपर लिगका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्माननिय प्रधानमन्त्रीज्यु पुष्पकमल दाहाल “प्रचण्ड” लाई खेल क्षेत्रको विकासका लागि सामाजिक उत्तरदायित्व कोषको (सीएसआर) रकम प्रयोग गर्नको लागि पहल गर्न आग्रह गरेको छिन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा कार्कीले कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा धेरै सकारात्मक प्रभाव पार्न सक्ने विषयमा ध्यानाकर्षण पत्र बुझाएकी थिईन् ।
प्रधानमन्त्रीले पनि यस विषयमा आफु सकारात्मक रहेको जानकारी गराएका थिए । उक्त्त अवसरमा अध्यक्ष चौधरीले नेपाल सुपर लिगले नेपाली खेलमा निजि क्षेत्रलाई जोडेको बताईन् । खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने र उत्कृष्ट प्रतियोगिताको माध्यमबाट नेपालि खेल क्षेत्रलाई थप व्यवसायिक र अन्तराष्ट्रियकरण गर्न प्रयास गरिरहेको जानकारी दिईन् ।
उक्त अवसरमा नेपाल सुपर लिगका प्रवन्धक निर्देशक श्रीयान्स कार्की र सीइयो सुदिप शर्माको पनि उपस्थिति रहेको थियो ।
नेपाली खेल क्षेत्रले असिमित सम्भावना बोकेको तथा सिमित स्रोत, साधन र लगानीको वावजुद पनि नेपाली खेलकुद क्षेत्रले सधै उल्लेखनिय उपलब्धिहरु हासिल गर्दै आएको उक्त ज्ञापन पत्रमार्फत जानकारी गराईएको थियो ।
'भर्खरै नेपाली क्रिकेटले अन्तराष्ट्रिय स्तरमा जुन छाप छोड्न सकेको छ त्यो आफैमा एतिहासिक रहेको छ । यदि सम्पुर्ण खेलकुद क्षेत्रमा उचित लगानि र निजि क्षेत्रलाई पनि सम्मिलित गराउने हो भने समग्र नेपालि खेलकुद क्षेत्रले काँचुली फेर्न सक्छ । खेलाडी र खेलकर्मीहरु खेलेर जिवन निर्वाह गर्ने वातावरण वनाउन सकिन्छ । त्यसको लागि व्यवसायहरुको समाजिक उत्तरदायित्वमा छुट्टाइएको रकमलाई खेलकुद क्षेत्रमा खेल र खेलाडीको प्रोत्साहनमा प्रयोग गर्न पाइने नियम लागु गर्न सकिएमा यस निर्णयले खेलकुद क्षेत्रमा लगानी बढन गई समग्र खेलकुद क्षेत्रलाई उकास्न सहयोगि सावित हुनेछ ।' ज्ञापन पत्रमा थप भनिएको छ