काठमाडौं । न्युरोड टिम एनआरटी क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशी दक्षिण एसियाली फुटबल महासंघ (साफ) को उपाध्यक्षमा निर्वाधित भएका छन् ।
ढाकामा शनिबार आयोजित साफको साधारणसभाबाट जोशी उपाध्यक्ष निर्वाचित भएका हुन् ।
यस्तै माल्दिभ्सका अलि उमर पनि साफको उपाध्यक्ष निर्वाचित भएका छन् ।
दुबै उपाध्यक्ष निर्विरोध निर्वाचित भएको साफले जनाएको छ ।
साफको उपाध्यक्षका लागि नेपालबाट जोशीले उम्मेदवारी दिएका थिए ।
गत वर्षको असारमा भएको निर्वाचनबाट साफको नयाँ कार्यसमिति बनेको थियो । अध्यक्षमा काजी सलाहुद्दिन निर्वाचित भएका थिए ।
तर, दुई उपाध्यक्ष पद रिक्त रहेको थियो ।