काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगका ११ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ज्ञापन पत्र बुझाएका छन् ।
तीन विभागीय टोलीबाहेक शीर्ष डिभिजनको लिग खेलिरहेका ११ क्लबले एन्फालाई तीन बुदे ज्ञापनपत्र बुझाएको हो ।
क्लबको तर्फबाट संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ज्ञापन पत्र बुझाएका हुन् ।
क्लबले एन्फालाई अघिल्लो वर्षको बाँकी ७ लाख ५० हजार उपलब्ध गराउन, क्लबसँगको छलफलपछि मात्र दोस्रो लेगको खेल तालिका प्रकाशित गर्न र लिगको तयारीस्वरुप पाउनु पर्ने दोस्रो किस्ताको रकम उपलब्ध गराउन मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।