एजेन्सी । विश्वकप फुटबल अन्तर्गत ब्राजिलले पहिलो जित दर्ता गरेको छ । समुह चरणको दोस्रो खेलमा ब्राजिलले कोस्टारिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । बराबरीतर्फ धकेलिएको खेलको अतिरिक्त समयमा काउटिन्होले ब्राजिललाई अग्रता दिलाएका थिए ।
तर खेलको अन्तिम समयमा नेयमारले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।
समुह इमा २ खेलबाट ४ अंक जोड्दै ब्राजिल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोस्टारिका लगातार दुई खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
अब के हुन्छ ?
ब्राजिलले समुह चरणको दोस्रो खेलमा जित निकाल्दै महत्वपुर्ण ३ अंक जोडेको छ । पहिलो खेलमा स्विजरल्याण्डसंग बराबरी खेल्दै अंक बाँडेको ब्राजिलले ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
सर्विया एक खेलबाट ३ अंक सहित दोस्रो, स्विच टोली १ अंक सहित तेस्रो र अंक विहिन कोस्टारिका तालिकाको पुछारमा छ । लगातार दोस्रो खेलमा पराजित हुदै कोस्टारिका प्रतियोगिताबाट बाहिरिएको छ । ब्राजिलले अब समुह चरणको अन्तिम खेलमा सर्वियासंग खेल्नेछ ।