एजेन्सी । लियोनल मेस्सी, यो पुस्ताकै महान खेलाडी मानिन्छन् । क्लब फुटबलमा उनले नपाएको केहि छैन । नजितेको उपाधि केहि छैन ।
क्लबमा फुटबलमा उनको खुट्टाको जादुले सबैलाई मोहित तुल्याउछ । उनलाई रोक्न सामान्य डिन्फेस र किपरले हुँदैन । प्रतिद्वन्द्वी क्लबले मेस्सीलाई रोक्न दुई बढी डिफेन्डर खडा हुन्छ ।
तर, रुस विश्वकपमा अर्जेन्टिनाका कप्तान मेस्सीको जादु चलेको छैन । अर्जेन्टिना विश्वकपको समूह चरण पार नगर्ने हो कि भन्ने स्थितिमा छ । दुई खेल सकिदा मात्र १ अंक जोडेको छ । आइसल्याण्डसँगको बराबरी र क्रोएसियासँगको हारले अर्जेन्टिनी फुटबल अहिले स्तब्ध छ ।
अब अर्जेन्टिनालाई दोस्रो चरणमा स्थान बनाउन नाइजेरियाविरुद्ध जित बाहेक अन्य विकल्प छैन । जितले मात्र पुग्दैन अर्जेन्टिनालाई । अन्य राष्ट्रको खेलको नतिजामा पनि भर पर्नु पर्ने हुन्छ । मानौं, अर्जेन्टिनालाई अब भाग्यको खाचो छ ।

आइसल्याण्डविरुद्धको खेलले अर्जेन्टिना फुटबललाई ठुलो असर त गरेन । तर, बिहिबार राति क्रोएसियासँगको ३ – ० को हारले अर्जेन्टिनी फुटबल र समर्थकलाई ठुलो असर गरेको छ । सबै स्तब्ध छन् । नहोस् पनि कसरी ? अर्जेन्टिनी फुटबलले पहिलो पटक विश्वकपको समूह चरणमा ठुलो पराजय बेहोर्न बाध्य भएपछि ।
अर्जेन्टिनी फुटबल अहिले जुन अवस्थामा छ । त्यसको वरिपरी उनै मेस्सी घुमेका छन् । मेस्सीले मैदानमा आफुले सक्ने खेलेका छन् । तर, अर्जेन्टिनाको लागि त्यो प्रयाप्त भएको छैन् ।
अब कप्तान मेस्सीसँग अर्जेन्टिनाको ठुलो आश छ । विश्वकप छनोटमा मेस्सीकै कारण अर्जेन्टिनाले अन्तिम समयमा रुसको टिकट काटेको थियो । नाइजेरियाविरुद्ध अर्जेन्टिना मेस्सीकै आशमा छ । र, मेस्सीलाई अब साथ चाहिएको छ ।
तर, अर्जेन्टिनाको टिममा अहिले उथलपुथल आएको छ । मेस्सीले गरेर मात्र सबै सम्भव छैन । 'अर्जेन्टिना यस्तो टोली हो, जसले मेस्सिको उत्कृष्टतालाई ओझेलमा बनाउछ,' । मेस्सी सिमित परिधिमा खुम्चने गर्छन किनभने अन्य सदस्यले उनलाई साथ दिँदैनन् ।’ अर्जेन्टिना प्रशिक्षक जर्ज साम्पोलीको भनाईमा अर्जेन्टिना टोलीको अहिलेको स्थिति बुझ्न सकिन्छ ।
मेस्सीलाई अहिले चौतर्फी दबाब छ । उनले झेल्न सक्छन या सक्दैनन् ? त्यो हेर्न बाँकी छ । मेस्सी पहिलो खेलमा पेनाल्टीमा चुकेका थिए । जसको कारण अर्जेन्टिनाले मुखैमा आएको ३ अंक गुमाएको थियो । त्यो पेनाल्टीमा गोल भएको भए मेस्सी पुन चम्कन सक्थे होला । तर, त्यही मौकामा गोल गर्न नसकेका मेस्सी अहिले दबाबमा रहेका छन् ।
मेस्सी तनाव झेल्न नसक्ने स्वभाव भएका खेलाडी समेत हुन् । जसको उदाहरण दुई बर्षअघिको सन्यास घोषणा पनि हो । अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसंग पराजित भएपछि मेस्सीले अप्रत्यासित रुपमा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उक्त फाइनलमा मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, उनले त्यसको दुईमहिना पछि सन्यास फिर्ता लिएका थिए ।
मुख्य त्, चिरपरिचित प्रतिद्वन्द्वी पोर्चुगलको क्रिष्टियानो रोनाल्डोको उच्च लयमा छ । क्लब फुटबलमा उनै रोनाल्डो र मेस्सीबीच सर्वाधिक गोल गर्ने र को महान खेलाडी भन्ने विवाद हुने गर्छ । तर, यो विश्वकपमा रोनाल्डोले आफुलाई प्रमाणित गरेको छ । स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले मोरक्कोविरुद्ध निर्णायक गोल गरेका थिए ।

मेस्सीको अवस्था ठिक उल्टो छ । त्यसैले मेस्सी निकै हतोत्साहित भएको चर्चा सुनिन थालेको छ । क्रोएसियासँग लजास्पद हारअघि नै मेस्सी निकै निरास देखिएको समचार आउन थालेको छ ।
इन्ग्लिश मिडिया टेलिग्राफले मेस्सी मैदान प्रवेश गरेपछि निरास देखिएको बताएको छ । टेलिग्राफले राष्ट्रिय धुन बज्नुअघि मेस्सीले असामान्य व्यवहार देखाएको समचार लेखेको छ ।
टेलिग्राफले अन्तिम पटक विश्वकप खेल्दै गरेका ३० बर्षिय मेस्सीलाई विश्वकपमा राम्रो गर्न पीडा देखाएको क्यामेरा कैद गरेको बताएको छ । मेस्सीको लागि विश्वकप जित्ने अन्तिम मौका रहेको तर सोचेको जस्तो नहुदा मेस्सीले क्रोएसियासँगको खेलअघि अनौठो व्यवहार देखाएको बताइएको छ ।
मेस्सीको लागि यो अन्तिम विश्वकप समेत हो । चारबर्षपछि हुने कतार विश्वकपमा उनलाई उमेरले साथ दिने छैनन् । त्यसैले अन्तिम पटक विश्वकप खेल्दै गर्दा मेस्सीको चाहना उपाधि जित्नु रहेको थियो । तर, उनको त्यो सपना निकै न्यून बन्दै गरेको छ । उनको सपनामा असम्भव भन्ने हुने छैन ।