काठमाडौं । आयोजक सेन्ट जेभियर स्कुल गोदावरी र एलए स्कुल हात्तीबन २३ औं फादर मोरान स्मृती आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगितामा बिहिबार क्वाटरफाईनल प्रवेश गरेका छन् ।
आयोजकले ग्रुप बिमा विजेता बन्दै क्वाटरफाईनल यात्रा तय गरेको हो । जेभिरले सुभारी महर्जन, सिजन बिक र सौगात शाहीको एक एक गोल मद्धतले ईडेन गार्डेनलाई ३-० ले पराजित गर्यो । जेभियरका स्यमुयल परियार म्यान अफ दि म्याच भए ।
यस्तै एलएले पनि प्लेयर अफ दि म्याच सुरज तामाङ्गको एक गोल र सोनाम तामाङ्गको एक गोलमा नेपाल डनबस्को स्कुललाई २-१ ले पराजित गर्दै ग्रुप ए को बिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गर्यो ।
अर्को खेलमा पुष्पाञ्जली सेकेन्डरी स्कुलले प्लेयर अफ दि म्याच सुबिन कार्कीको ह्याट्रिकमा ब्राईट फ्युचर स्कुललाई ३-० ले पाख लगायो ।