एजेन्सी । फ्रान्स रुसमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहिबार भएको समूह चरणको दोस्रो खेलमा पेरुलाई १ – ० ले हराउदै फ्रान्सले नकआउट चरणमा स्थान बनाएको हो ।
एकाटेरीङवर्ग एरिनामा फ्रान्सलाई जित दिलाउन केलीयन एमबाप्पेले निर्णायक गोल गरे । खेलको ३४ औं मिनेटमा एमबाप्पेले निर्णायक गोल गरेका हुन् । एमबाप्पेको राष्ट्रिय टोलीका लागि १६ खेलमा चौथो गोल हो ।
यो जितसँगै समूह सी बाट फ्रान्सले एक खेल अगाबै अन्तिम १६ मा स्थान बनाएको हो । फ्रान्स अन्तिम १६ मा पुग्ने तेस्रो टोली हो । फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई २ – १ ले हराएको थियो । अब फ्रान्सले अन्तिम खेलमा डेनमार्कसँग खेल्ने छ ।
फ्रान्ससँगको यो हारसंगै पेरु प्रतियोगिताबाट बाहिरीएको छ । पेरु पहिलो खेलमा डेनमार्कसँग १ – ० ले हारेको थियो । अब पेरुले अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्ने छ ।
यो खेलबाट फ्रान्सका गोल किपर तथा कप्तान ह्युगो लोरिसको राष्ट्रिय टोलीका लागि सयौं खेल समेत पुरा गरेका छन् । कप्तानको रुपमा भने ७६ औं खेल हो ।
अब यो समूहबाट डेनमार्क र अष्ट्रेलियामध्ये एक टोलीले अन्तिम १६ मा स्थान बनाउने छ ।