काठमाडौं । आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरीले २३ औं फादर मोरान स्मृति आमन्त्रण अन्तरविद्यालय फुटबल प्रतियोगितामा मंगलबार दोश्रो जित हात पारेको छ ।
सेन्ट जेभियर्सले डिएभीलाई ५–१ गोलले पराजित गर्यो । विजेताका माणिक चौधरी र अभिषेक लोले २–२ तथा सुभय महर्जनले १ गोल गरे । डिएभीका अल्भिन महर्जनले सान्त्वना गोल गरे ।
त्यस्तै मोर्डन इन्डियन स्कुल (एमआईएस) ले क्रेसेन्ट एकेडेमीलाई ३–२ गोलले हरायो । एमआईएसका जेनिश डुवाडीले २ तथा रोजन वज्राचार्यले १ गोल गरे ।
क्रेसेन्टका सुजल तामाङ र रियास लामाले १–१ फर्काए । मोरान मेमोरियल स्कुल, झापा र विद्य संस्कारबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।