काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ।
भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुनेगरी राजीनामा दिएको क्यानले जनाएको छ।
प्रभाकरको राजीनामा क्यानले स्वीकृत समेत गरेको जनाएको छ ।
राजीनामा दिनु अघि नै प्रभाकर भारत फर्किसकेका छन् ।
तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो।
क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्।
प्रभाकरको नेतृत्वमा नेपालले पछिल्लो समय खराब प्रदर्शनलाई निरन्तरता दिएको थियो ।
यस्तै पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धमा समेत दरार आएको थियो । जसको कारण प्रभाकरको राजीनामा आएको हो ।