काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलको एकदिवसीय ब्याटिङ वरीयता यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा पौडेल ८१ औं स्थानमा कायम रहेका छन् ।
बलिङतर्फ सन्दीप लामिछानेले ४२ औं स्थानमा यथावत रहेका छन् ।
सोमपाल कामी तथा आसिफ शेखको वरियता १०० औं स्थानबाट तल झरेका छन् ।
ब्याटिङतर्फ शेख र बलिङतर्फ कामी यस अघि १०० औं स्थान भित्र रहेका थिए ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहेका छन् ।
नेपाल भने एकदिवसीय वरीयतामा १९ औं स्थानमा रहेको छ ।