काठमाडौं । घरेलु टोली पकिस्तानविरुद्धको टेस्ट सिरिजका लागि न्युजिल्याण्डको टोली घोषणा भएको छ ।
नव नियुक्त टेस्ट कप्तान टिम साउदीको कप्तानीमा बिहीबार न्युजिल्याण्डले १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
बिग बास लिगमा व्यस्त रहेका कारण ट्रेन्ट बोल्ट र ढाडको समस्याका कारण काइल जेमिन्सनले यो सिरिज गुमाउँने छन् । उनीहरुको स्थानमा अनुभवी स्पिनर इश सोधी र विष्फोटक ब्याट्सम्यान ग्लेन फिलिप्स समावेश छन्।
टोलीमा तीव्र गतिका बलर ब्लेयर टिकनरले पहिलो पटक स्थान बनाएका छन् ।
न्युजिल्याण्डले पाकिस्तान भ्रमणका क्रममा दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।
पहिलो टेस्ट डिसेम्बर २६ देखि कराँचीमा तथा दोस्रो टेस्ट जनवरी ३ देखि मुल्तानमा हुनेछ ।
न्युजिल्याण्ड टिम
टिम साउदी (कप्तान), माइकल ब्रेसवेल, टम ब्लन्डेल, डेभोन कोन्वे, म्याट हेनरी, टम लाथम, ड्यारियल मिचेल, हेनरी निकोलस, एजाज पटेल, ग्लेन फिलिप्स, ईश सोधी, ब्लेयर टिकनर, नील वाग्नर, केन विलियम्सन र विल योङ
