काठमाडौं । पाकिस्तान सुपर लिग(पीएसएल) २०२३ का लागि खेलाडी छनोटका लागि हुने खेलाडी ड्राफ्ट आज बिहिबार हुदैछ ।
ड्राफ्ट नेपाली समयअनुसार साँझ ५ः४५ मा सुरु हुनेछ । लिगको ड्राफ्टमा नेपालका सात क्रिकेटर समेत सुचिकृत भएका छन् ।
नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा परेका हुन् ।
नेपालका ओपनर कुशल भुर्तेल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पीएसएल ड्राफ्टको विदेशी खेलाडीको गोल्डेन क्याटागोरीमा परेका हुन् ।
विदेशी खेलाडीको सिल्भर क्याटागोरीमा नेपालका पाँच खेलाडी रहन सफल भएका थिए ।
विकेट किपर तथा ओपनरद्वय अर्जुन साउद र सुवास खकुरेल, फास्ट बलर सोमपाल कामी ,अफस्पिन अलराउण्डर पवन सर्राफ र फास्ट बलिंग अलराउण्डर आदील अन्सारी ड्राफ्टमा परेका थिए ।
ड्राफ्टको प्रत्यक्ष प्रशारण पीएसएलको फेसबुक पेज तथा यसको युट्युबमा हेर्न सकिन्छ ।
आगामी वर्षको फेब्रुअरी ९ बाट प्रतियोगिता सुरु हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन ।