काठमाडौं । पाहुना टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टेस्ट सिरिज एक खेल अगाबै जितेको छ ।
तीन खेलको टेस्ट सिरिजमा भ्रमणकारी टोलीले मुल्तानमा भएको दोस्रो खेल २६ रनले जितेसँगै सिरिज २-० ले जितेको छ ।
इंग्ल्याण्डले दिएको ३ सय ५५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अलआउट हुनपुर्व ३ सय २८ रन मात्र बनाए पछि खेलमा घरेलु टोलीले पराजय व्यहोरेको हो ।
पाकिस्तानको लागि साउद शकिलले ९४ रनको अर्धशतकीय ईनिङ खेले । उनले ८ चौका प्रहार गरेका थिए ।
इमाम उल हकले १ सय ४ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । मोहम्मद नवाज र अब्दुल्लाह शाफिक्युले समान ४५/४५ रन बनाए । मोहम्मद रिजवानले ३० तथा आगा सलमान २० रनमा अविजित रहे ।
पाहुना टोलीका लागि मार्क उडले ४ तथा ओली रोविन्सन र जेम्स एन्डरसनले समान २/२ विकेट लिए । ज्याक लिज र जोय रुटले समान १/१ विकेट लिए ।
सुरुमा टस जितेर पाहुना टोलीले पहिले ब्याटिङ गरेकोमा २ सय ८१ रनमा अलआउट भयो ।
पाहुना टोलीका लागि बेन डुकेट र ओली पोप अर्धशतक प्रहार गरेका थिए ।
डुकेटले ४९ बलमा ६३ तथा पोपले ६१ बलमा ६० रन बनाएका थिए । मार्क उडले अविजित ३६ तथा विल ज्याक्सले ३१ रन बनाएका थिए ।
ज्याक क्रोली १९ रनमा आउट भए ।
घरेलु टोलीका लागि अबरार अहमदले ७ तथा जायद मोहमदले ३ विकेट लिएका थिए ।
पहिलो पारीमा घरेलु टोलीले २ सय २ रन मात्र बनाउन सक्यो । पाकिस्तानको लागि कप्तान बाबर अजाम र साउद सकिलले अर्धशतकीय ईनिङ खेलेका थिए ।
कप्तान बाबरले ७५ तथा सकिलले ६३ रन बनाएका थिए । फहिम असरफ २२ तथा अब्दुल शफिक्यु १४ रनमा आउट भएका थिए ।
पाहुना टोलीका लागि ज्याक लिचले ४ तथा मार्क उड र जोय रुटले समान २/२ विकेट लिएका थिए ।
पहिलो पारीमा ७९ रनको अग्रता बनाएको पाहुना टोलीले २ सय ७५ रन थप्यो ।
दोस्रो पारीमा भ्रमणकारी टोलीका लागि ह्यारी ब्रोकले १ सय ४९ बलमा १ सय ८ रनको शतकीय ईनिङ खेले । बेन डुकेटले ७९ रनको अर्धशतकीय ईनिङ खेले ।
कप्तान बेन स्टोकले ४१ रन जोड्दा जोय रुटले २१ रन जोडे ।
दोस्रो ईनिङमा घरेलु टोलीका लागि अबार अहमदले ४ तथा जाहिद मोहमदले ३ विकेट लिए ।
तीन खेलको टेस्ट सिरिजको तेस्रो खेल आगामी शनिबारबाट सुरु हुनेछ ।