काठमाडौं । भारतीय कप्तान रोहित शर्माले घरेलु टोली बंगलादेशसँगको पहिलो टेस्ट गुमाउने भएका छन् ।
शर्माले दुई टेस्ट सिरिजको पहिलो खेल गुमाउने भारतीय क्रिकेट बोर्डले जनाएको छ ।
भारतीय क्रिकेट टिमका कप्तान शर्मालाई बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलका क्रममा बायाँ हातको औंलामा लागेको चोट लागेको थियो ।
चिकित्सकको सल्लाह बमोजिम उनको बारेमा यो निर्णय लिईएको बीसीसीआईले जनाएको छ ।
बीसीसीआईको मेडिकल टिमले दोस्रो तथा अन्तिम टेस्टका लागि शर्माको उपलब्धताबारे पछि निर्णय गर्नेछ । भारतीय सिनियर छनोट समितिले पहिलो टेस्टका लागि अभिमन्यु ईश्वरमलाई टोलीमा समावेश गरेको छ ।
तीव्र गतिका बलर मोहम्मद सामी र अलराउण्डर रविन्द्र जडेजाले चोटका कारण यस सिरिजबाट बाहिरिएका छन् । चयनकर्ताले शमी र जडेजाको स्थानमा नवदीप सैनी र सौरभ कुमारलाई टोलीमा समावेश गरेका छन् ।
छनोट समितिले तीव्र गतिका बलर जयदेव उनादकटलाई पनि टेस्ट सिरिजका लागि भारतीय टोलीमा समावेश गरेको छ ।
भारतीय टोली -
केएल राहुल (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस एयर, ऋषभ पन्त, केएस भरत, रविचन्द्रन अश्विन, अक्षर पटेल, कुलदीप यादव, शार्दुल ठाकुर, मोहम्मद सिराज, उमेश यादव, अभिमन्यु ईश्वरन, नवदीप सैनी, सौरभ कुमार, जयदेव उनादकट
