काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिता सरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता पुस ८ गतेबाट सुरु हुने जनाएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।
यस अघि पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ सम्म आयोजना हुने तालिका थियो ।
यस्तै क्यानले प्रतियोगिता खेल्ने नयाँ टोली घोषणा गरेको छ ।
क्यानले काठमाडौं नाइट नयाँ टोली रहेको जनाएको छ ।
काठमाडौं गोर्खाज बाहिरिएपछि क्यानले नयाँ टोली सार्वजनिक गरेको हो ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
