काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो । स्कटल्याण्डविरुद्धको खेलमा कुशल भुर्तेललाई बेन्चमा राखिएको छ । भुर्तेलको स्थानमा हरि शंकर शाहले स्थान बनाएका छन् ।
यस सिरिजमा दुबै देश चौथो खेल खेल्दैछन् । तेस्रो खेलमा स्कटल्याण्ड नामिबियासँग पराजित भएको थियो । नेपालले पनि तेस्रो खेलमा नामिबियासँग नै पराजित भएको थियो ।
यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुईमा स्कटल्याण्ड तथा एक खेलमा नेपाल विजेता बनेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।
नेपालको प्लेईङ-११
आसिफ शेख,हरि शंकर शाह,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,अर्जुन साउद,सोमपाल कामी,गुल्सन झा,सागर ढकाल र ललित नारायण राजवंशी
