काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आईतबार चौथो खेल खेल्दैछ।
चौथौ तथा नामिबिया भ्रमणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।
यस सिरिजमा दुबै देश चौथो खेल खेल्दैछन् । तेस्रो खेलमा स्कटल्याण्ड नामिबियासँग पराजित भएको थियो । नेपालले पनि तेस्रो खेलमा नामिबियासँग नै पराजित भएको थियो ।
यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुईमा स्कटल्याण्ड तथा एक खेलमा नेपाल विजेता बनेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।