काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको नामिबियामा जारी त्रिदेशीय एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले आयोजक नामिबियाबाट जितका लागि २ सय ७६ रनको लक्ष्य पाएको छ । ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ बनायो ।
नामिबियाका लागि मिचेल भान लिन्गेनले १ सय ११ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १९ रनको शतकीय ईनिङ खेले ।
कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले । जान निकोल ४० तथा डेभेन ला कक १८ रनमा आउट भए ।
नेपालका लागि ललित नारायन राजवंशीले ४ तथा सोमपाल कामीले २ विकेट लिए । सागर ढकालले १ विकेट आफ्नो नाम गरे ।
नेपालले आफ्नो प्लेईङ-११ मा रहेका ३ जना बाहेक सबैबाट बलिङ गराएको थियो ।
यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।
नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको अंक छ ।
यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो ।
यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाडेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।