काठमाडौं । नेपालका पाँच क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग(पीएसएल) ड्राफ्टमा परेका छन् ।
नेपालका विकेट किपर तथा ओपनर अर्जुन साउद र सुवास खकुरेल, फास्ट बलर सोमपाल कामी ,अफस्पिन अलराउण्डर पवन सर्राफ र फास्ट बलिंग अलराउण्डर आदील अन्सारी ड्राफ्टमा परेका हुन् ।
पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरु अटाएका हुन् ।
यस संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ ।
पीएसएलको लागि आज सिल्भर विधामा विदेशी खेलाडीको नाम सार्वजनिक भएको हो ।
आगामी वर्षको फेब्रुअरी ९ बाट प्रतियोगिता सुरु हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन ।


