काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
पाहुना टोली नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
नेपालले आज करन केसीलाई बाहिर राख्दा सोमपाल कामिलाई मौका दिएको छ।
यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।
नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको अंक छ ।
यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुँदा अंक बाडिएको थियो ।
यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाडेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
नेपालको प्लेईङ-११
आसिफ शेख(विकेटकिपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,अर्जुन साउद,सोमपाल कामी,गुल्सन झा,सागर ढकाल र ललित नारायण राजवंशी
