काठमाडौं । नामिबियामा गत बिहिबारबाट सुरु आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ।
आगामी वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट अन्तर्गतको लिग टू को यो १ सय १९ औं खेल हो । यस त्रिदेशीय सिरिजमा नेपाल र घरेलु टोली नामिबिया सहित स्कटल्याण्डको सहभागीता रहेको छ ।
शुक्रबार भएको पहिलो खेलमा बर्षाले खेल अबरुद्ध भएपश्चात नेपाल र नामिबियाले अंक बाडेका थियो । आईतबार भएको दोस्रो खेलमा नेपाल कमजोर ब्याटिङका कारण पराजित हुन पुगेको थियो ।
यस सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाको सामना गर्दैछ । नेपाललाई विश्वकप छनोटमा पुग्न तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न यो खेल महत्वपुर्ण रहेको छ ।

त्यसैले नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ-११ खेलाउने छ । स्कटल्याण्डविरुद्धको खेलमा रहेको प्लेईङ-११ ले नै निरन्तरता पाउने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको रहन सक्छ :
ओपनरमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेख तथा अर्का ओपनरमा कुशल भुर्तेल रहने सम्भावना रहेको छ । तेस्रो नम्बरमा अनुभवी तथा पुर्व कप्तान समेत रहिसकेका ज्ञानेन्द्र मल्ल रहने सम्भावना रहेको छ । चौंथो नम्बरमा कप्तान रोहित कुमार पौडेल रहने छन् । पौडेलको टिमको कप्तानी लिएसँगै उनको ब्याटिङ कमजोर देखिएकाले आजको खेलमा उनले जिम्मेवारीका साथ खेल्नु पर्ने देखिन्छ ।
पाँचौ नम्बरमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी खेल्ने सम्भावना रहेको छ । नेपालका उत्कृष्ट क्षमता भएका खेलाडी ऐरीले हाल सम्म लिग टुमा उल्लेखनिय प्रदर्शन गर्न नसकेकाले त्यो आजको खेलमा तोड्न उनलाई दबाब रहेको छ । नेपालका मध्येक्रमका बलियो खम्बाका रुपमा रहेका आरिफ शेख छैटौं नम्बरमा रहने सम्भावना रहेको छ । युवा ब्याटर अर्जुन साउद सातौं नम्बरमा रहने सम्भावना रहेको छ ।
विस्फोटक ब्याटर तथा तिव्र गतिका बलर करण केसी आठौं स्थानमा रहने सम्भावना रहेको छ । नवौं नम्बरमा तिव्र गतिका बलर गुल्सन झाको सम्भावना रहँदा दशौं नम्बरमा स्कटल्याण्डविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका सागर ढकालले मौका पाउने सम्भावना रहेको छ । एघारौं नम्बरमा स्पिनर ललित नारायण राजवंशी रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख(विकेटकिपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,अर्जुन साउद,करण केसी,गुल्सन झा,सागर ढकाल र ललित नारायण राजवंशी