काठमाडौं । यस संस्करणको यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लुम्बिनी प्रदेशलाई पराजित गरेर सुदूरपश्चिम प्रदेश अपराजित रुपमा च्याम्पियन भएको छ ।
यस प्रतियोगितामा अपेक्षा गरिएका केही ब्याटरबाट रन नबन्दा केही नयाँ प्रतिभा समेत देखिएको छ । यस प्रतियोगितामा सर्वाधिक रन बनाउँने ब्याट्सम्यानको र्शीष ५ मा रहेको नाम यसप्रकार रहेको छ :
१) प्रतिक श्रेष्ठ :
बागमतीका ब्याटर रहेका श्रेष्ठले प्रतियोगिताको ६ खेलमा १ शतक सहित २ सय ५१ रन बनाए । श्रेष्ठ प्रतियोगिताको बेस्ट ब्याटर समेत बनेका थिए ।

उनले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशको टोलीविरुद्ध ८ रन बनाएका थिए । दोस्रो खेलमा प्रदेश१ को टोलीविरुद्ध अविजित १ सय ४२ रन बनाए ।
तेस्रो खेलमा मधेश प्रदेशको टोलीविरुद्ध ३० रन बनाएका थिए । चौथो खेलमा कर्णाली प्रदेशविरुद्ध ब्याटिङको अवसर नपाएका श्रेष्ठले पाँचौ खेलमा लुम्बिनी प्रदेशविरुद्ध २७ रन बनाएका थिए । बागमतीको छैठौं तथा समूह चरणको अन्तिम खेलमा प्रतिकले ४४ रन बनाएका थिए ।
सर्वाधिक रन बनाउँने ब्याट्सम्यानको र्शीषस्थानमा रहेका प्रतिक आबद्ध बागमती प्रदेश फाईनल प्रवेश गर्न सकेन ।
२) आकाश त्रिपाटी :
लुम्बिनी प्रदेशका ब्याटर आकाशले यस प्रतियोगिताको ७ खेलमा २ सय ३७ रन बनाएका छन् । त्रिपाटी यस सूचीको दोस्रो स्थानमा रहेका छन् । त्रिपाटीले सुदुरपश्चिमसँगको पहिलो खेलमा २२ रन बनाएका थिए । दोस्रो खेलमा कर्णाली प्रदेशकाविरुद्ध त्रिपाटीले अविजित ५२ रन बनाएका थिए । गण्डकी प्रदेशसँगको तेस्रो खेलमा त्रिपाटीले ४५ रन बनाएका थिए । चौथो खेलमा बागमती प्रदेशविरुद्ध ४० रन बनाएका थिए ।
पाचौं खेलमा प्रदेश-१ विरुद्ध उनले १७ रन बनाएका थिए । छैठौं खेलमा मधेश प्रदेशविरुद्ध आकाशले २३ रन बनाएका थिए । फाइनल खेलमा त्रिपाटीले सुदूरपश्चिम प्रदेशकाविरुद्ध ३८ रन बनाएका थिए ।
३) अर्जुन कुमाल :
गण्डकी प्रदेशका भरपर्दा ब्याटर कुमालले यस प्रतियोगिताको ६ खेलमा ९८ रनको सर्वाधिक स्कोरको सहयोगमा २ सय १० रन बनाएका थिए । २ सय १० रनका साथ कुमाल यस सूचीको तेस्रो स्थानमा रहेका छन् ।

कुमालले बागमतीसँगको पहिलो खेलमा ९८ रनको योगदान गरे । दोस्रो खेलमा उनले प्रदेश-१ विरुद्ध २२ रन बनाएका थिए । तेस्रो खेलमा सुदुरपश्चिम प्रदेशका विरुद्ध कुमालले २० रनको योगदान गरे ।
चौथो खेलमा लुम्बिनी प्रदेशसँगको खेलमा अर्जुनले ९ रन बनाएका थिए । समूह चरणको पाँचौ खेलमा कुमालले कर्णाली प्रदेशकाविरुद्ध ५० रन बनाएका थिए । समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँगको खेलमा कुमालले ११ रन बनाएका थिए । कुमाल आबद्ध गण्डकी प्रदेशले समूह चरणमा नै आफ्नो यात्रा समाप्त गरेको छ ।
४) अनुराग सिंह :
सुदुरपश्चिम प्रदेश टोलीका कप्तान सिंहले यस प्रतियोगितामा सुदूरपश्चिमलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेका थिए ।

७ खेलमा ८३ रनको सर्वाधिक व्यक्तिगत स्कोरबाट २ सय २ रन बनाएका छन् । कर्णाली प्रदेशसँग भएको पहिलो खेलमा कप्तान सिंहले १० रन बनाएका थिए । लुम्बिनी प्रदेशसँगको आफ्नो टोलीको दोस्रो खेलमा उनले ९ रनको योगदान गरेका थिए ।
तेस्रो खेलमा गण्डकी प्रदेशका विरुद्ध महत्वपूर्ण ३७ रन बनाई आउट भए । चौथो खेलमा प्रदेश-१ विरुद्ध सिंहले ८३ रन जोडेका थिए । पाँचौ खेलमा मधेश प्रदेशविरुद्ध कप्तान सिंहले अविजित २ तथा समूह चरणको अन्तिम खेलमा बागमती प्रदेशका विरुद्ध अविजित ३९ रन बनाएका थिए । फाईनल खेलमा अनुरागले लुम्बिनी प्रदेशका विरुद्धमा २२ रनको योगदान गरेका थिए ।
५) उत्तम थापा मगर :
बागमती टोलीका सदस्य थापा मगरले यस प्रतियोगिताको ६ खेलमा ८७ रनको सर्वाधिक व्यक्तिगत रनमा १ सय ७३ रन बनाएका छन् ।
गण्डकी प्रदेश विरुद्धको पहिलो खेलमा उत्तमले ८७ रनको ईनिङ खेलेका थिए । समूह चरणको दोस्रो खेलमा प्रदेश-१ विरुद्ध ० रनमा नै आउट भएका थापाले मधेशविरुद्धको तेस्रो खेलमा ७१ रनको योगदान गरेका थिए ।
कर्णाली प्रदेशसँग बागमतीको चौथो खेलमा उनले १ रन बनाएका थिए । लुम्बिनीसागको पाँचौ खेलमा थापाले ११ रन जोडेका थिए । समूह चरणको अन्तिम खेलमा उनले सुदुरपश्चिम प्रदेशका विरुद्ध ३ रन बनाएका थिए ।