काठमाडौं । क्यानडा आगामी वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको एक चरण अगाडी पुगेको छ ।
आईसीसी च्यालेन्ज लिगको समूह 'ए' बाट क्यानडाले विश्वकप छनोट प्ले अफमा स्थान बनाएको हो ।
६ राष्ट्र रहेको यस समूहमा क्यानडा तीन खेल अगावै छनोट भएको हो ।
यस समूहमा दोस्रो स्थानमा रहेको सिगांपुर लगायत अन्य राष्ट्रले सबै खेल जितेमा तथा क्यानडाले सबै खेल हारेमा पनि क्यानडा अंक तालिकाको र्शीष स्थानमा नै रहने छ ।
समूह 'बी' बाट भने जर्सी छनोट भईसकेको छ । प्ले अफबाट छनोट भएका क्यानडा र जर्सीले विश्वकप लिग टू को पुछारका राष्ट्रसँग प्रतिस्पर्धा गर्ने छन् ।
यि ६ राष्ट्र बाट शीर्ष दुई राष्ट्र विश्वकप छनोटमा पुग्नेछ ।
प्लेअफका खेलहरु एकदिवसीय अन्तराष्ट्रिय मान्यताका हुने भएकोले क्यानडाले २०१४ पछि पहिलो एकदिवसीय अन्तराष्ट्रिय पनि खेल्ने भएको छ ।
क्यानडाले ४ ओटा आईसीसी एकदिवसीय विश्वकप खेलेको छ ।