काठमाडौं । सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।
यस प्रतियोगितामा बलिङमा केही नयाँ प्रतिभा देखिएका छन् । प्रतियोगिताको यस संस्करण सकिदा सर्वाधिक विकेट लिने शीर्ष ५ बलरहरुको नाम यसप्रकार रहेको छ :
१) हेमन्त धामी
सुदुरपश्चिमलाई च्याम्पियन बनाउन महत्वपुर्ण योगदान गरेका धामीले प्रतियोगिताको ७ खेलमा १७ विकेट लिएका छन् ।

समूह चरणको पहिलो खेलमा कर्णाली प्रदेशको टोली विरुद्ध ३८ रन खर्चिएर १ विकेट लिएका थिए । सुदुरको समूह चरणको दोस्रो खेलमा लुम्बिनी प्रदेशका विरुद्ध उनले ३७ रन खर्चिएर ३ विकेट लिएका थिए । गण्डकी प्रदेशसँगको समस्ह चरणको तेस्रो खेलमा धामीले २३ रन खर्चिएर विकेट लिन सकेका थिएनन् ।
चौथो खेलमा प्रदेश-१ का विरुद्ध उनले २२ रन खर्चिएर ५ विकेट लिएका थिए । पाँचौ खेलमा मधेश प्रदेशका विरुद्ध उनले २७ रन दिएर ३ विकेट लिएका थिए । समूह चरणको अन्तिम तथा छैठौं खेलमा धामीले बागमती प्रदेशका ३ ब्याटरलाई आउट गर्दा २२ रन खर्चिएका थिए ।
फाईनलमा लुम्बिनी प्रदेशविरुद्ध उनले १३ रन दिएर २ विकेट लिए ।
२) मिलन बोहोरा
सुदुरपश्चिमलाई च्याम्पियन बनाउन महत्वपुर्ण योगदान गरेका बोहोरा फाईनल खेलका 'म्यान अफ दि म्याच'
समेत थिए । बोहोराले यस प्रतियोगिताको ७ खेलमा १६ विकेट लिएका छन् ।
समूह चरणको पहिलो खेलमा बाहोराले कर्णाली प्रदेशको टोली विरुद्ध २१ रन खर्चिएर ३ विकेट लिएका थिए । सुदुरको समूह चरणको दोस्रो खेलमा लुम्बिनी प्रदेशका विरुद्ध उनले ३ रन खर्चिएर विकेट लिन सकेका थिएनन् । गण्डकी प्रदेशसँगको समूह चरणको तेस्रो खेलमा बोहोराले ११ रन खर्चिएर ६ विकेट लिएका थिए ।
चौथो खेलमा प्रदेश-१ का विरुद्ध उनले १ रन खर्चिएर २ विकेट लिएका थिए । पाँचौ खेलमा मधेश प्रदेशका विरुद्ध उनले २० रन दिएर विकेट लिन सकेका थिएनन् । समूह चरणको अन्तिम तथा छैठौं खेलमा बोहोराले बागमती प्रदेशका विरुद्ध ७ रन खर्चिएर विकेट लिन सकेका थिएनन् ।
फाईनलमा लुम्बिनी प्रदेशविरुद्ध उनले १५ रन दिएर ५ विकेट लिए ।
३) दीपेश कंडेल
समूह चरणका सर्वाधिक विकेटकर्ताको र्शीष स्थानमा रहेका कंडेल प्रतियोगिताको उत्कृष्ट बलर भएका थिए । प्रदेश-१ का कप्तान रहेका कंडेलले ६ खेलमा १६ विकेट लिएका थिए ।

यस प्रतियोगितामा प्रदेश-१ को पहिलो खेलमा उनले गण्डकी प्रदेशका विरुद्ध २१ रन खर्चिएर ३ विकेट लिएका थिए । दोस्रो खेलमा बागमती प्रदेश विरुद्ध उनले २४ रन खर्चिएर २ विकेट लिएका थिए । तेस्रो खेलमा कंडेलले सुदुरपश्चिम प्रदेशका विरुद्ध २ विकेट लिदै ३३ रन खर्चिएका थिए ।
चौथो खेलमा मधेश प्रदेशका विरुद्ध उनले ६ रन खर्चिएर ३ विकेट लिएका थिए । लुम्बिनी प्रदेशसँग भएको पाँचौं खेलमा कंडेलले ३ विकेट लिदाँ १९ रन खर्चिएका थिए । छैठौं तथा समूह चरणको अन्तिम खेलमा कर्णाली प्रदेशका विरुद्ध उनले ३२ रन खर्चिएर ३ विकेट लिएका थिए ।
४) आकाश चन्द
सुदुरपश्चिमलाई च्याम्पियन बनाउन महत्वपुर्ण योगदान गरेका चन्दले प्रतियोगिताको ७ खेलमा १५ विकेट लिएका छन् ।

समूह चरणको पहिलो खेलमा कर्णाली प्रदेशको टोली विरुद्ध १६ रन खर्चिएर विकेट लिन सकेका थिएनन् । सुदुरको समूह चरणको दोस्रो खेलमा लुम्बिनी प्रदेशका विरुद्ध उनले १३ रन खर्चिएर ५ विकेट लिएका थिए । गण्डकी प्रदेशसँगको समूह चरणको तेस्रो खेलमा आकाशले ३४ रन खर्चिएर २ विकेट लिएका थिए।
चौथो खेलमा प्रदेश-१ का विरुद्ध उनले ८ रन खर्चिएर ३ विकेट लिएका थिए । पाँचौ खेलमा मधेश प्रदेशका विरुद्ध उनले १६ रन दिएर विकेट लिन सकेका थिएनन्। समूह चरणको अन्तिम तथा छैठौं खेलमा चन्दले बागमती प्रदेशका ४ ब्याटरलाई आउट गर्दा १२ रन खर्चिएका थिए ।
फाईनलमा लुम्बिनी प्रदेशविरुद्ध उनले १५ रन दिएर १ विकेट लिए ।
५) निर्मल गुरुङ
लुम्बिनी प्रदेशलाई फाईनलमा पुर्याउन गुरुङको योगदान महत्वपूर्ण रहेको छ । गुरुङले प्रतियोगिताको ७ खेलमा १४ विकेट लिएका छन् ।

सुदुरपश्चिम प्रदेशसँगको पहिलो खेलमा गुरुङले २० रन दिएर २ विकेट लिएका थिए । लुम्बिनीका दोस्रो खेलमा उनले कर्णाली प्रदेशका विरुद्ध ५ रन दिएर १ विकेट लिएका थिए । गण्डकी प्रदेशसँगको तेस्रो खेलमा उनले ३ विकेट लिदाँ ११ रन खर्चिएका थिए ।
चौथो खेलमा बागमती प्रदेशका विरुद्ध निर्मलले २८ रन खर्चिएर १ विकेट लिएका थिए । पाँचौ खेलमा प्रदेश-१ विरुद्ध गुरुङले ४ रन खर्चिएर ५ विकेट लिएका थिए । समूह चरणको अन्तिम तथा छैठौं खेलमा मधेश प्रदेशका विरुद्ध उनले १ विकेट लिएर १५ रन खर्चिएका थिए ।
फाईनल खेलमा उनले सुदुरपश्चिमका विरुद्ध १२ रन खर्चिएर १ विकेट हात पारेका थिए ।