काठमाडौं । पहिलो एकदिवसीय खेलमा घरेलु टोली बंगलादेशले भारत माथी रोमान्चक जित हात पारेको छ ।
शेरे बंगला नेशनल स्टेडियममा बंगलादेशले भारतलाई १ विकेटले पराजित गरेको हो ।
तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा घरेलु टोलीले १-० को अग्रता लिएको छ ।
भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४६ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।
बंगलादेशका लागि कप्तान लिन्टन दासले ६३ बलमा ४१ मेहेदी हसनले अविजित ३८ रन बनाए । साकिब अल हसनले २९ रन बनाए ।

मुस्फिकुर रहिम १८ तथा अनामुल हक र महुमुदुल्लाह समान १४/१४ रनमा आउट भए । बंगलादेशका ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि मोहम्मद सिराजले ३ तथा कुलदिप शेन र वासिङ्टन सुन्दरले समान २/२ विकेट लिए ।
अन्तिम विकेटका लागि मुस्ताफिजुर रहमान र मेहेदी हसनले ४० बलमा ५० रनको साझेदारी गरेर बंगलादेशलाई जिताए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ४१.२ ओभरमा अलआउट हुँदै १ सय ८६ रन बनाएको हो ।
भारतका लागि केएल राहुलले ७० बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेले ।
कप्तान रोहित शर्माले २७ रन जोड्दा श्रेयस अय्यरले २५ रन बनाए । वासिङ्टन सुन्दरले १९ रन बनाउँदा भारतका लागि ७ जना ब्याटरले दाहोरो अंकमा रन बनाउँन सकेनन् ।
बंगलादेशका लागि साकिव अल हसनले १० ओभरमा ३६ रन दिएर ५ विकेट लिए । इबाडट होसाइनले ४ तथा मेहेदी हसनले १ विकेट लिए ।
तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेल आगामी बुधबार रहेको छ ।