काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले वेस्ट इण्डिज विरुद्धको पहिलो टेस्ट जितेको छ ।
दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा १ सय ६४ रनको विशाल जित दर्ता गरेको घरेलु टोलीले सिरिजमा १-० को अग्रता लिएको छ ।
अष्ट्रेलियाले दिएको ४ सय ९८ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ३ सय ३३ रन मात्र बनाए पछि खेल घरेलु टोलीले जितेको हो ।
वेस्ट इण्डिजका लागि कप्तान क्रेग ब्राथवेटले १ सय ८८ बलमा १ सय १० रनको शतकीय ईनिङ खेले । उनले १३ चौका प्रहार गरेका थिए ।
रोस्टन चेजले ८५ बलमा ५५ रनको अर्धशतकीय पारी खेले । त्यागिनारायण चन्द्रपउलले ४५ रन जोड्दा अल्जारी जोसेफले ४३ रन जोडे ।
जेर्मनिक ब्याकउडले २४ रनको योगदान दिँदा जसहुन डा शिल्भाले १२ रनको योगदान गरे ।
घरेलु टोलीका लागि नाथन लायोनले ४२.५ ओभरमा १ सय २८ रन दिएर ६ विकेट लिए । ट्राबिस हेडले २ तथा जोस हेजलउड र मिचेल स्टार्कले समान ११ विकेट लिए ।
सुरुमा टस जितेर घरेलु टोलीले पहिले ब्याटिङ गरेकोमा ५ सय ९८ रनमा ४ विकेट गुमाउँदा पहिलो पारी समाप्तीको घोषण गरेको थियो ।
घरेलु टोलीका लागि मार्नुस लाबुछाने तथा स्टिभ स्मिथले दोहोरो शतक प्रहार गरेका थिए । लाबुछानेले ३ सय ५० बलमा २ सय ४ तथा स्मिथले ३ सय ११ बलमा अविजित २ सय रन बनाएका थिए ।
ट्राभिस हेडले ९९ तथा उस्मान ख्वाजाले ६५ रन बनाएका थिए ।
पाहुना टोलीका लागि क्रगि ब्राथवेटले २ तथा जायडेन सेल्स र कायल मेयर्सले १/१ विकेट लिएका थिए ।
पहिलो पारीमा पाहुना टोलीले २ सय ८३ रन मात्र बनाउन सक्यो । वेस्ट इण्डिजका लागि कप्तान क्रेगी ब्राथवेट र त्यागी नारायण चन्द्रपलले अर्धशतकीय ईनिङ खेलेका थिए ।
कप्तान क्रेगीले ६४ तथा त्यागिनारायणले ५१ रन बनाएका थिए ।
घरेलु टोलीका लागि मिचेल स्टार्क र कप्तान प्याट कमिंसले समान ३/३ तथा नाथन लायनले २ विकेट लिएका थिए ।
पहिलो पारीमा ३ सय १५ रनको अग्रता बनाएको घरेलु टोलीले १ सय ८२ रन थप्यो । दोस्रो पारीमा घरेलु टोलीका लागि मार्नुस लाबेछानेले अविजित १ सय ४ रनको शतकीय ईनिङ खेले ।
डेबिड वार्नरले ४८ तथा स्टिभ स्मिथले अविजित २० रन बनाएका थिए ।
दोस्रो ईनिङमा भ्रमणकारी टोलीका लागि किमार रोच र रोस्टन चेजले समान १/१ विकेट लिए ।
दुई खेलको टेस्ट सिरिजको दोस्रो खेल आगामी बिहिबारबाट सुरु हुनेछ ।