काठमाडौं । नामिबियामा गत बिहिबारबाट सुरु त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा आज सोमबार नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ ।
आगामी वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट अन्तर्गतको लिग टू को यो १ सय १७ औं खेल हो । यस त्रिदेशीय सिरिजमा नेपाल र स्कटल्याण्ड सहित घरेलु टोली नामिबियाको समेत सहभागीता रहेको छ । शुक्रबार भएको पहिलो खेलमा बर्षाले खेल अबरुद्ध भएपश्चात नेपाल र नामिबियाले अंक बाडेका थियो ।
यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाललाई विश्वकप छनोटमा पुग्न तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न यो खेल महत्वपुर्ण रहेको छ । त्यसैले नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ-११ खेलाउने छ ।
नामिबियाविरुद्धको पहिलो खेलमा रहेको प्लेईङ-११ मा एक खेलाडी परिवर्तन हुने सम्भावना रहेको छ । नेपालको सम्भावित प्लेईङ-११ यसप्रकारको रहन सक्छ:
ओपनरमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेख तथा अर्का ओपनरमा अर्जुन साउद रहने सम्भावना रहेको छ । तेस्रो नम्बरमा अनुभवी तथा पुर्व कप्तान समेत रहिसकेका ज्ञानेन्द्र मल्ल रहने सम्भावना रहेको छ ।
चौंथो नम्बरमा कप्तान रोहित कुमार पौडेल रहने छन् । पौडेलको कप्तानीको पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज समेत नेपालले जितेको थियो । पाँचौ नम्बरमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी खेल्ने सम्भावना रहेको छ । नेपालका मध्येक्रमका बलियो खम्बाका रुपमा रहेका आरिफ शेख छैटौं नम्बरमा रहने सम्भावना रहेको छ ।
विष्फोटक ब्याटर तथा लेग स्पिन बलर समेत रहेका कुशल भुर्तेल सातौं नम्बरमा रहने सम्भावना रहेको छ । विस्फोटक ब्याटर तथा तिव्र गतिका बलर करण केसी आठौं स्थानमा रहने सम्भावना रहेको छ ।
तिब्र गतिका बलर सोमपाल कामी नवौं नम्बरमा रहने सम्भावना रहेको छ । दशौं नम्बरमा तिव्र गतिका बलर गुल्सन झाको सम्भावना रहँदा एघारौं नम्बरमा भारतमा भएको अभ्यास खेलमा समेत राम्रो प्रदर्शन गरेका सागर ढकालले मौका पाउने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख(विकेटकिपर),अर्जुन साउद,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल भुर्तेल,करण केसी,सोमपाल कामी,गुल्सन झा र सागर ढकाल