काठमाडौं । राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित हात पारेको छ ।
पाँचौं खेलमा पहिलो जित हात पार्ने क्रममा मधेशले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले हारबाट प्रतियोगिता सकेको हो ।
गण्डकीले लिएको २ सय १४ रनको लक्ष्य मधेशले ४८.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा मयन यादवले ७४ बलमा ४९ तथा मेघ राज रामले ४३ रन बनाए ।
अलि अन्सारीले ३२ रन जोड्दा इम्रान शेखले २७ रन जोडे । सरफराज मन्सुरले २१ रन बनाउँदा डब्लु मल्लिक २१ रनमा अविजित रहे । अभिसेक तिवारीले अविजित १३ रन बनाए ।
गण्डकीका लागि शिसिर भुषाल,निर्तिस गिरी,करन पंगेनी र अर्जुन कुमालले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ४८.५ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो।
गण्डकीका लागि गोविन्द विकले ८४ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । सुजन गौतमले ३० रन जोड्दा सुदिप अर्यालले २७ रन जोडे ।
करन पंगेनीले २५ तथा सिब्रिन श्रेष्ठले १६ रन बनाए । अर्जुन कुमालले ११ रन बनाउँदा मधेशले २८ रन अतिरिक्तका रुपमा दिएको थियो ।
मधेशका लागि नितिश यादव,साइमन राय,अबिशेक तिवारी र अविजित मण्डलले समान २/२ तथा निकेश गुप्ताले १ विकेट लिए ।
६ खेलमा १ जित ५ हारका साथ अंक तालिकामा गण्डकी पाचौं स्थानमा रहेर प्रतियोगिता सकेको छ ।
मधेश भने ५ खेलमा २ अंकका साथ पुछारमा रहेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।