काठमाडौं । आईसीसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।
नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ ।
सिरिजमा नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल भने जित सहित सिरिजको सुरुआत गर्न चाहन्छ ।
आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेईङ-११
आसिफ शेख(विकेटकिपर),अर्जुन साउद,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल भुर्तेल,सागर ढकाल,सोमपाल कामी,गुल्सन झा र ललित नारायण राजबंशी