काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले मधेश प्रदेशलाई जितका लागि २ सय १४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ४८.५ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो।
गण्डकीका लागि गोविन्द विकले ८४ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले । सुजन गौतमले ३० रन जोड्दा सुदिप अर्यालले २७ रन जोडे ।
करन पंगेनीले २५ तथा सिब्रिन श्रेष्ठले १६ रन बनाए । अर्जुन कुमालले ११ रन बनाउँदा मधेशले २८ रन अतिरिक्तका रुपमा दिएको थियो ।
मधेशका लागि नितिश यादव,साइमन राय,अबिशेक तिवारी र अब्जित मण्डलले समान २/२ तथा निकेश गुप्ताले १ विकेट लिए ।
गण्डकी समूह चरणको अन्तिम खेल जितेर सुखद अन्त्य गर्न चाहान्छ ।
५ खेलमा १ जित ४ हारका साथ अंक तालिकामा गण्डकी पाचौं स्थानमा रहेको छ ।
मधेश भने ४ खेलमा अंक बिहिन रहेको छ । आजको खेलमा मधेश पहिलो अंक जोड्न चाहान्छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।