काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज शुक्रबार पहिलो खेल खेल्दैछ।
पहिलो खेलमा नेपालले घरेलु राष्ट्र नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ ।
यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ ।
बिहिबारबाट सुरु यस सिरिजमा नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल भने जित सहित सिरिजको सुरुआत गर्न चाहन्छ ।